शेयरबाट मालामाल, १ लाख लगानीबाट एक वर्षमै ३.१४ करोड

४ बर्ष अगाडि

काठमाडौं, कृषि क्षेत्रसँग जोडिएको कम्पनी प्रोसिड इन्डियाले पछिल्लो एक वर्षको अवधिमा ३१ हजार ३६६ प्रतिशतले शानदार रिटर्न (प्रतिफल) शेयरधनीहरुलाई दिएको छ। यो कम्पनीको शेयरमा एक वर्षअघि कसैले भारु १ लाख लगाएका थिए भने उनीहरुको सम्पत्ति अहिले भारु ३.१४ करोड पुगेको छ। 

करिब १ वर्षअघि यो कम्पनीको शेयरभाउ भारु ०.३० थियो। गत नोभेम्बर १८ मा बीएसआईमा यो कम्पनीको शेयभाउ भारु ९४.४० पुगेको छ। 

पछिल्लो ६ महिनामै यो कम्पनीको शेयरभाउ करिब ६ हजार ३२१ प्रतिशतले बढेको छ। गत वर्ष मे मा यो कम्पनीको शेयर भारु १.४७ थियो। यो स्मलक्याप स्टकमा गत साताको ४ करोबार दिनमा मात्रै १८ प्रतिशतको वृद्धि भएको छ। 

यो कम्पनी एग्री कमोडिटिजको ट्रेडिङ र सिड कारोबारमा संलग्न छ। यसले थुप्रै प्रकारका बीउ र तरकारी उत्पादन, रिसर्च, विकास, प्रसंस्करण, मार्केटिङ र व्यापार गर्छ। एजेन्सी

४ बर्ष अगाडि

प्रतिक्रिया