१२६९७ जनाको परीक्षणमा ३८५ मा संक्रमण पुष्टि, मृतकको संख्या साढे ११ हजार पुग्यो

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ९९२१ पीसीआर परीक्षणमा २७७६ एन्टिजेन परीक्षणमा गरी कुल १२६९७ जनाको परीक्षणमा ३८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख ६१७ संक्रमण मुक्त भइसेकका छन् ।

यस्तै कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । हाल देशभर ११ हजार ५०० जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार २६९ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया