सोमबार नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम घट्यो

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबार दिन (सोमबार)नेप्से परिसूचक ७.९० अंक बढेर २७६५.४३ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.२१ अंक बढेर ५१९.४६ विन्दुमा पुगेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक बढेको छ।

यस दिन नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २२५ कम्पनीको ५१ हजार ५२६ पटकको कारोबारमा ३ अर्ब ९२ करोड ९२ लाख रुपैयाँ बराबरको ७५ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार मानुषी लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेर कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य १६४ रुपैयाँ ४० पैसा बढेर १ हजार ८०९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन चन्द्रागिरी हिल्सको शेयरमूल्य ९.७५ प्रतिशत बढेको छ। कारोबारमा आएको एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य सर्वाधिक ४.१४ प्रतिशत बढेको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३४ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल दूरसञ्चार कम्पनीको २९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.५१ प्रतिशत बढेको छ। त्यसैगरी, अन्य उपसमूहको परिसूचक १.३३ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ०.८८ प्रतिशत घटेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया