न्यायका लागि संयुक्त राष्ट्रसंघ गुहार्दै गंगामाया

७ बर्ष अगाडि

काठमाडौँ – सत्याग्रही गंगामाया अधिकारीले न्यायका लागि संयुक्त राष्ट्रसंघ (युएन) लाई गुहार्ने भएकी छिन् । छोराको हत्या घटनामा नेपाल सरकारबाट न्याय नपाएपछि उनले यो प्रकरणलाई अन्तर्राष्ट्रियकरण गर्न लागेकी हुन् । 

अधिकारीले बुधबार दिउँसो ३ बजे नेपालस्थित यूएन आवासीय संयोजक भेलेरी जुलियान्डलाई भेटेर न्यायका लागि अपिल गर्ने कार्यक्रम छ ।

अधिकारीले सरकार आफूलाई न्याय दिन अनिच्छुक रहेको र छोराको हत्यारालाई कारबाही गर्न अक्षम रहेको निष्कर्षसहित घटनालाई अन्तर्राष्ट्रियकरण गर्न लागेकी हुन् ।  आजको नागरिक दैनिकमा यो समाचार छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया