काठमाडौं, न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ यही साताभित्रै नेप्सेमा सूचीकरण हुने भएको छ।
न्यादी हाइड्रोपावरको आरटीएस एनएमबि क्यापिटलका अनुसार आईपीओ सूचीकरणको नेपाल स्टक एक्सचेन्जमा आवश्यक कागजपत्र पुगिसकेको छ। बुधबारअघि नै आईपीओ सूचीकरण सम्झौता भएमा यही साता बिहीबारबाट कारोबार आउन सक्छ ।
न्यादी हाइड्रोपावरले गत असोजको दोस्रो साता कुल २२ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो। यो आईपीओको बाँडफाँड गत कात्तिक ५ गते भएको थियो।
आईपीओ बिक्री प्रबन्धकमा भने ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको थियो।
प्रतिक्रिया