पोखराको फेवाताल किनारमा आगलागी, डेढ करोड बढीको क्षति

४ बर्ष अगाडि

काठमाडौं - पोखराको फेवाताल किनारमा आगलागी भएको छ । ताल किनारमा रहेका रेष्टुरेण्ट आगलागी हुँदा पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएका छन् ।

आगो भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । आज बिहान ३ बजेदेखि आगो लाग्न सुरु भएको स्थानीयले बताएका छन् । आगलागिबाट डेढ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । 

करिब ६ बजे मात्रै आगो नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया