काठमाडौं, हिजो साताको पहिलो दिन (आइतबार) शेयर बजारमा उच्च कारोबार गर्ने ब्रोकर कम्पनीहरुमा नासा सेक्युरिजि (स्टक ब्रोकर नम्बर ५८) पहिलो स्थानमा छ। नासाले हिजो ४६ करोड २७ लाख रुपैयाँबराबरको खरिद गरेको छ भने २९ करोड १३ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
दोस्रो स्थानमा त्रिशक्ति सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४८) रहेको छ। यो ब्रोकरले आज १६ करोड ४८ लाखबराबरको शेयर खरिद गरेर २४ करोड ६९ करोड रुपैयाँबराबरको बिक्री गरेको छ।
इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) तेस्रो स्थानमा छ। इम्पेरियलले १६ करोड २० लाख रुपैयाँबराबरको शेयर खरिद गरेको छ। यो ब्रोकरले १९ करोड ९४ लाख रुपैयाँबराबरको शेयर बिक्री गरेको छ।
उच्च कारोबार गर्ने ब्रोकरको चौथोमा सनी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४२) रहेको छ। यो ब्रोकरले ११ करोड ९६ लाख रुपैयाँबराबरको शेयर खरिद गरेर २३ करोड रुपैयाँबराबरको बिक्री गरेको छ।
यस्तै,अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) कारोबारको हिसाबले पाँचौँ स्थानमा छ। १४ करोड ५९ लाख रुपैयाँबराबरको शेयर खरिद गरेको अनलाइनले आज १९ करोड रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
छैटौँ स्थानमा भिजन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३४) रहेको छ। भिजनले १६ करोड ७१ लाख रुपैयाँबराबरको शेयर खरिद गरेर १५ करोड २६ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
आर्यतार सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५७)१४ करोड २५ लाख रुपैयाँबराबरको शेयर खरिद गर्दै सातौँ स्थानमा रहन सफल भएको छ। आर्यतारले आज १५ करोड २६ लाख रुपैयाँबराबरको शेयर बिक्री गरेको छ।
आठौँमा दिपशिखा धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नं. ३८) रहेको छ। आज १५ करोड ३१ लाख रुपैयाँबराबरको शेयर खरिद गर्दै दिपशिखाले १३ करोड ३८ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
नवौँ र दसौँ नम्बरमा क्रमशः अरुण सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३) र सिप्ला सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २०) रहेका छन्। अरुणले ६ करोड १८ लाखबराबरको शेयर खरिद गरेर १९ करोड ९४ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। सिप्लाले भने १० करोड ५३ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ भने १४ करोड ५७ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
आज २ करोड २६ लाख रुपैयाँबराबरको शेयर खरिद गरेको नागरिक स्टक डिलरले १५ लाख ४२ हजार रुपैयाँबराबरको शेयर बिक्री गरेको छ।
प्रतिक्रिया