गैरकानुनी रूपमा टर्कीबाट ग्रीस प्रवेश गर्न लागेका एक नेपाली घाइते

४ बर्ष अगाडि

काठमाडौं - गैरकानुनी रूपमा टर्कीबाट ग्रीस प्रवेश गर्न लागेका एक नेपाली घाइते भएका छन् । 

७ आप्रवासीको दुर्घटनामा निधन भएको छ भने ८ गम्भीर घाइते भएका छन् । नेपालीसहित १५  आप्रवासी शुक्रबार टर्कीको सीमा हुँदै ग्रीसको उत्तरी नाकाबाट युरोप छिर्न खोजेका थिए । 

तर मध्यरातमा गाडी दूर्घटनामा परेको बताइएको छ । मृत्यु हुनेमा ६ पुरुष र एक महिला रहेका छन् । उनीहरूको परिचय भने नखुलेको बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया