मलेसियामा २६ बंगलादेशी सहित एक नेपाली कामदार पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - मलेसिया सेलाङ्गोरको शाहआलमस्थित व्यापारिक क्षेत्रमा प्रहरीले २६ जना बंगलादेशी र एक नेपाली कामदारलाई पक्राउ गरेको छ । 

पक्राउ परेकाहरूसँग पहिचान खुल्ने कागजातहरू नभएको, ओभरस्टे बसेको अवस्थामा रहेकोे अध्यागमन अधिकारीहरूले बताएका छन् । 

 मलेसियाले पछिल्लो पटक मानव बेचबिखन र आप्रवासी विरोधी ऐन (एटीआईपीएसओएम), अध्यागमन ऐन १९५९/६३, राहदानी ऐन १९६६ र अध्यागमन नियम १९६३ अन्तर्गत अनुसन्धान शुरू भएको बताएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया