साउदी अरबले अवैधानिक आप्रवासीविरुद्ध कठोर नीति अख्तियार गर्ने

४ बर्ष अगाडि

काठमाडौं - साउदी अरबले अवैधानिक आप्रवासीविरुद्ध कठोर नीति अख्तियार गरिने बताएको छ । 

एक महिनाको अवधिमा १४ हजार अवैधानिक आप्रवासी पक्राउ गरेको साउदी अरबले अवैधानिक आप्रवासी कामदार राख्ने वा ओसारपसार गर्नेलाई १५ वर्ष कैद, एक मिलियन अमेरिकी डलर अर्थात २ लाख ६० हजार रियल जरिवानासहित प्रयोगमा रहेको सवारीसाधन जफत गर्ने बताएको छ । 

पक्राउ परेका १४ हजारमध्ये १ हजार ५ सय ३४ जना आप्रवासी कामदार रहेको बताइएको छ । साउदी अरबको आन्तरिक मन्त्रालयले  अवैधानिक कामदार राख्नेको सम्पत्तिसमेत जफत हुने बताएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया