इजरायल जाने सबै कामदारको स्वास्थ्य परीक्षण सुरु, यी अस्पतालहरुमा हुँदैछ

४ बर्ष अगाडि

काठमाडौं - देशिक रोजगार विभागले रोजगारीका  लागि  इजरायल  जान  अन्तिम  छनोटमा  परेकामध्ये बाँकी रहेका ६७५ युवाको स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको प्रक्रिया  आइतबारबाट  अगाडि  बढाएको  छ ।  

यसअघि  स्वास्थ्य परीक्षण  गरेकासहित  मङ्सिर  ११  गतेसम्म  एक  हजार  १७५ स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको काम पूरा हुनेछ । विभागका अनुसार यसअघि नामावली सार्वजनिक भएकामध्ये कात्तिक २९ देखि मङ्सिर ५ सम्म ५०० स्वास्थ्य परीक्षण गरिसकेका छन् ।

इजरायलको   दीर्घकालीन   स्याहार   केन्द्रमा   सहायक श्रमिक पठाउने प्रयोजनका लागि इजरायलको जनसङ्ख्या तथा अध्यागमन  निकाय  ९पिवा०द्वारा  चिट्ठा  प्रणालीबाट  असोज  २५ गते छनोट भएका एक हजार १७५ को नाम सार्वजनिक गरेको थियो ।  विभागले  तोकिएका  युवाको  स्वास्थ्य  परीक्षणको  काम पूरा भएपछि सो रिपोर्ट इजरायलको पिवामा पठाउने र त्यहाँबाट रोजगार सम्झौताको प्रक्रिया अघि बढ्नेछ ।

विभागका  स्वास्थ्य  परीक्षणका  लागि  स्टार  अस्पताल सानेपा, हेम्स अस्पताल मण्डिखाटार, नेपाल मेडिसिटी अस्पताल भैँसेपाटी  र  मनोमहन  मेमोरियल  मेडिकल  कलेज  स्वयम्भूमा स्वास्थ्य  परीक्षण  गर्न  सकिने  जनाइएको  छ ।  स्वास्थ्य  परीक्षण गर्नका  लागि  प्रतिव्यक्ति  आठ  हजार  ९००  रुपियाँ  लाग्ने जनाइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया