आईपिओ जारी गर्ने प्रस्ताव पारित गर्न इन्द्रेणी मसरुम फार्मले बोलायो साधारण सभा, अन्य एजेण्डा के-के ?

४ बर्ष अगाडि

काठमाडौं - इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेडले प्राथमिक साधारण सेयर (आईपिओ) जारी गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको छ । 

सभा मंसिर १८ गते शनिबार बिहान ११ बजे संस्थाको फार्मस्थल चित्लाङ मकवानपुरमा सुरु हुने कम्पनीले जनाएको छ । 

सभामा संस्थाले चालू आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा छलफल गर्नेलगायतको एजेण्डा छ । 

साथै, कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर आईपीओ जारी गर्न प्रबन्धपत्र संसोधन गरी संचालक र सेयर पुँजी समेत बृद्धि को प्रस्ताव पारित हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया