यूएईमा २०० महिलासहित नेपाली कामदारको माग, मासिक तलब र हवाई के कति ?

४ बर्ष अगाडि

काठमाडौं, यूएईको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । यूएई सहरका रहेको  MOTHERSON PKC HARNESS SYSTEM FZ-LLC कम्पनीले १०० पुरुष र २०० जना महिला गरी ३०० जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित २५ हजार माथि पाउनेछन् । इच्छुक कामदारले Good Luck International Manpower Pvt.Ltd काठमाडौंमा मंसिर १५ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया