काठमाडौं, विश्वव्यापी प्राथमिक बजारले सन् २०२१ मा नयाँ रेकर्ड राखेको छ । ब्लुबर्गले सार्वजनिक गरेको सन् २०२१ को नोभेम्बर १९ सम्मको तथ्यांक अनुसार विश्वभरका २८ सय ५० वटा कम्पनीहरुले ६ खर्ब अमेरिकी डलर बराबरको आइपीओ बिक्री गरेका छन् । जुन इतिहासमै उच्च भएको ब्लुमबर्गले जनाएको छ । यसअघि, सन् २००७ मा विश्वभर ४ खर्ब २० अर्ब डलरकोे आइपीओ बिक्री भएको थियो ।
सन् २०२१ मा विद्युतीय ट्रक निर्माण गर्ने कम्पनी ‘रिभियन अटोमोटिभ इन्क’ ले सबैभन्दा ठूलो आइपीओ बिक्री गरेको छ । उक्त कम्पनीले यसै महिना आइपीओमार्फत १२ अर्ब डलर पुँजी जुटाएको छ । यसैगरी, ‘चाइना टेलिकम कर्पोरेसन’ ले एसियाकै ठूलो ८.४ अर्ब डलर बराबरको आइपीओ बिक्री गरेको थियो । पार्सल लकरको सेयर प्रदान गर्ने पोलिस कम्पनी ’इनपोष्ट एसए’ ले युरोपकै ठूलो अर्थात ३.२ अर्ब डलरको आइपीओ गत जनवरीमा बिक्री गरेको थियो ।
प्रतिक्रिया