आजदेखि लागू हुने क्रसफायर मोटरसाइकलको मूल्य वृद्धि,अब कुन मोडलको नयाँ मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं – नेपाली बजारमा क्रसफायर मोटरसाइकल बिक्री–वितरण गरिरहेको क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले मूल्य वृद्धि गरेको छ । आजै देखि लागू हुने गरी नयाँ मूल्य सूची कायम गरिएको कम्पनीको भनाइ छ ।

क्रसफायरले केही दिन पहिले अपडेटेड ट्रयाकर २५० नेपाली बजारमा उपलब्ध गराएको थियो । यसको मूल्य पहिले नै ३ लाख ७५ हजार रुपैयाँ सार्वजनिक गरिएको थियो । यो भन्दा पहिलेको मोडलको मूल्य ३ लाख ४८ हजार रुपैयाँ थियो ।

त्यसैगरी क्रसफायर एचजे २५० को मूल्य ६ लाख ५५ हजार बाट बढाएर ६ लाख ७० हजार रुपैयाँ तोकिएको थियो । क्रसफायर आरएम २५० को मूल्य ७ लाख २५ हजार बाट ७ लाख ४८ हजार पुगेको छ ।

क्लासिक ह्विल्सले नेपाली बजारमा बिक्री गरिरहेको स्कुटर इटालिकामोटो फर्मुला १५० को मूल्य पनि ३ लाख १० हजार बाट बढाएर ३ लाख २० हजार रुपैयाँ कायम गरिएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया