९१२३ जनाको परीक्षणमा २३८ जनामा संक्रमण पुष्टि, ३७० जना संक्रमण मुक्त र कति जनाको मृत्यु ?

४ बर्ष अगाडि

काठमाडौं,  पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७८४५ पीसीआर परीक्षणमा १२७८ एन्टिजेन परीक्षणमा गरी कुल ९१२३ जनाको परीक्षणमा २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा  ३७० जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख ३५९ संक्रमण मुक्त भइसेकका छन् ।

यस्तै कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । हाल देशभर ११ हजार ४९६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६४ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया