तराईमा धमाधम हत्या गर्दै हिँड्ने कुख्यात अपराधि समातिए

७ बर्ष अगाडि

सर्लाही– गोली हानी हत्या र लुटपाटमा संलग्न प्रहरीको अत्याधिक खोजी सूचीचमा रहेका सर्लाहीका उमेश पासवानलाई प्रहरीले पक्राउ गरेको छ । 
जिल्ला प्रहरी कार्यालय सर्लाहीको सक्रियतामा पासवानलाई सर्लाहीको लालबन्दीबाट पक्राउ गरेको हो । सिराहा, सर्लाही, रुपन्देही लगायत जिल्लामा गोली हानी व्यक्ति हत्या गर्ने कार्यमा  पासवान संलग्न भएको खुलेपछि केहि समययता प्रहरीले उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो । 
पासवानविरुद्ध सर्लाही, सिराहा र रुपन्देही जिल्ला अदालतमा खुँनडाका तथा संगठित अपराध, हातहतियार, कर्तव्य ज्यानमार्ने उद्योग, चोरी र जर्वजस्त चोरीका मुद्धा छन् । 
सर्लाहीकै हरिपुरमा पासवानले तीन वर्षअघि गोली हानी एक व्यक्तिको हत्या गरेका थिए । योसँगै गोली प्रहारका दर्जन घटनामा पासवान संलग्न रहेको प्रहरीको दावी छ । प्रहरीका अनुसार उनले धम्काउदै रकम माग्ने र नदिए गोली हानी हत्या गर्दै आएका थिए ।https://youtu.be/aJEIGLrNDmU

७ बर्ष अगाडि

प्रतिक्रिया