पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा सरकार गम्भीर हुनुपर्छ, मन्त्री दिन तयार छौं : माधव नेपाल

४ बर्ष अगाडि

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

आईतबार विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको कर घटाइ मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुझाएको ज्ञापन पत्र लिँदै अध्यक्ष नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका हुन् ।

उनले सरकार गम्भीर बन्न सकेन भने सत्ताधारी पार्टीले त्यसमा चासो र सरोकार राख्नुपर्ने बताए। अध्यक्ष नेपालले सरकारमा अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली रहेको भन्दै मन्त्री नपाइए एकीकृत समाजवादीले मन्त्री दिने समेत बताए ।

‘एउटा समस्या भनेको मन्त्रीको जिम्मेवारी नदिएर पनि बिग्रिएको छ । मन्त्री भइदियो भने हुन्छ । प्रधानमन्त्री आफैंले सबै कुराहरुलाई राम्रोसँग बुझ्न, समय दिन सक्दैनन् । त्यसको निम्ति हामीले भनिरहेका छौं, अरू कोही नपाइए हामी छँदै छौं नि मन्त्री दिने भनिरहेका छौँ। सुन्दैनन्’, नेता नेपालले भने ।

उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुमा राजनीतिक कारण हुनसक्ने तर त्यसैकरणले जनतालाई पीडा दिएर कर वृद्धि गर्न नमिल्ने बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया