छुट्टाछुट्टै दुर्घटना, एक जनाको मृत्यु, २९ घाइते

४ बर्ष अगाडि

काठमाडौं - सप्तरीको बोदेबरसाइन नगरपालिका–७ हैठीमा गए राति  मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलम रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरे पनि उपचारका क्रममा उनको मृत्यु भएको  प्रहरीले जनाएको छ । स६प ५०६० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

यस्तै दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु  घाइते भएका हुन् । उनीहरुको अवस्था मध्यम रहेको छ । 

आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाचिएर दुर्घटनामा परेको हो । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया