काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र नेकपा महासचिव नेत्रविक्रम चन्द ९विप्लव०बीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा दाहाल भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता लगायतका विषयमा केन्द्रीय भएर छलफल भएको हो ।
केही दिनअघि अध्यक्ष दाहालले चन्द नेकपासँग एकताको प्रस्ताव गरेका थिए । त्यसमा आफुहरु पनि सकारात्मक रहेको महासचिव चन्दले बताएका थिए ।
भेटमा मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने, नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा कुराकानी भएको चन्द नेकपाले जनाएको छ ।
साथै चन्द नेकपाले अघि सारेको प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादका विषयमा पनि दुई नेताविच कुराकानी भएको बताइएको छ । छलफलमा माओवादी प्रवक्ता कृष्णबहादुर महरा समेत सहभागी थिए ।
प्रतिक्रिया