एमाले राष्ट्रिय महाधिबेशनका लागि ताप्लेजुङबाट छानिए १३ प्रतिनिधि, कसको कति मत ?

४ बर्ष अगाडि

 काठमाडौं - नेकपा एमालेको राष्ट्रिय महाधिबेशनमा ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने १३ प्रतिनिधिको टुङ्गो लागेको छ । कात्तिक ३० गते सम्पन्न मतदानको मतगणना केहिबेर अघिमात्र सकिएको हो । 

जस अनुसार खुल्ला ८ पदमा सबैभन्दा बढीमत संबिधानसभा सदस्य भूपेन्द्र थेबेले ल्याएका छन् । उनले ४ हजार २ सय ६२ मत ल्याए । निर्वाचन समिति संयोजक बलराम भट्टराईका अनुसार खुल्लातर्फको दोस्रो मत दीपेन पोमूले ल्याएका छन् । जिल्ला युवा समिति अध्यक्ष समेत रहेका उनले ४ हजार ८७ मत ल्याँउदा फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले ४ हजार ५३ मत सहित तेस्रो बढी मत ल्याएका छन् । 

यस्तै युवा संघका नेता आशिष केदेमले ३ हजार ७ सय २५ मत, पूर्व राज्यमन्त्री ओङ्दी शेर्पाले ३ हजार ५ सय ७९ मत, प्रदेश सांसद बलबहादुर साम्सोहाङले ३ हजार ५ सय ५० मत, संबिधानसभा सदस्य डम्बरध्वोज तुम्बाहाम्फेले ३ हजार ५ सय २१ मत र एमाले प्रदेश कमिटी सदस्य गोपाल थोप्राले ३ हजार ४ सय १९ मत ल्याएर महाधिबेशन प्रतिनिधि चयन भएका छन् । 

उता महिलातर्फ सर्बाधिक लोकप्रिय मत फुङ्लिङ् नगरपालिका वडा नं ५ का वडाध्यक्ष समेत रहनु भएकी भीमादेवी ओझाले पाएका छन् । ६ हजार १ सय हाराहारी मत झरेकोमा उनले ५ हजार ९ सय ४६ मत ल्याएका छन् । यस्तै मीनाकुमारी केदमेले ५ हजार ६ सय ८०, टीकादेवी दाहालले ४ हजार ७ सय ८३, उर्मिला थेबेले ४ हजार ५ सय ९९ मत लाएर महाधिबेशन प्रतिनिधि चयन भएका छन् । 

१ दलित कोटाका लागि २ प्रतिश्पर्धीमध्ये ३ हजार ७ सय २३ मत ल्याएर मनकुमार नेपाली निर्वाचित भएका छन् । नतिजा अनुसार महाधिबेशन प्रतिनिधिमा चयन भएका अधिकाँस संस्थापन पक्षका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया