नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा यो साता विभिन्न ९ कम्पनीको शेयर मूल्य सूचिकृत भएको छ ।
१. अपि पावर कम्पनी
अपि पावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेका अनुसार कम्पनीको १०.५० प्रतिशत बोनस बापतको २६ लाख २१ हजार ५ सय ९४ कित्ता सेयर सूचिकृत भएको हो ।
अपि पावर कम्पनी लिमिटेडले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावित लाभांश भाद्र २५ गते, शुक्रबार सम्पन्न भएको कम्पनीको अठारौँ वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।
२. एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यो कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरुलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसअनुसार कुल १० लाख ९६ हजार ३७५.५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । यो कम्पनीले उक्त आर्थिक वर्षमा चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशतले हुन आउने लाभांश वितरण गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश रहेका थिए ।
३. लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ ।
लक्ष्मी लघुवित्तको २० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य १ हजार ६०८.८३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम शेयरमूल्य १ हजार ९३०.६० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र ७.३७ प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर १० गते साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे अग्रवाल भवन कमलपोखरीमा आयोजना गरेको हो ।
४. आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य नेप्सेमा समायोजन भएको छ । आरएसडिसी लघुवित्तको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य ७९२.७३ तोकेको छ । कम्पनीको सोमवार ८७२ मा अन्तिम कारोबार भएको थियो ।
संस्थाले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर १० गते साधारण सभा बोलाएको छ ।
५. मेगा म्युचुअल फण्ड–१
नेप्सेमा मंगलबार मेगा म्युचुअल फण्ड–१ को इकाई सूचिकृत भएको छ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गतेदेखि भदौ १० गतेसम्म बिक्री गरेको इकाई नेप्सेमा सूचिकृत भएको हो ।
फण्डको १२ करोड ५० लाख कित्ता इकाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो । फण्डको दोस्रो बजार कारोबारको लागि MMF1 सिम्बोल प्रदान गरिएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरेको थियो । इकाई खरीदका लागि मागभन्दा बढी आवेदन पर्न आएकाले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम योजनाको आकारमा २५ प्रतिशत इकाई थप गरी १२ करोड ५० लाख इकाई बाँडफाँड गरिएको थियो ।
६. नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड
नेप्सेमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले निष्कासन तथा बिक्री गरेको नबिल ब्यालेन्स फण्ड ३ को इकाई सूचिकृत भएको छ ।
स्टकका अनुसार फण्डको १२ करोड ५० लाख कित्ता इकाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो । फण्डको दोस्रो बजार कारोबारको लागि NBF3 सिम्बोल प्रदान गरिएको छ ।
७. अरुण काबेली हाइड्रोपावर
अरुण काबेली हाइड्रोपावरले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
भोलि बिहीबारदेखि कारोबारमा आउने गरी कम्पनीको २६ लाख ९५ हजार ६०५ कित्ता शेयर सूचीकरण गरेको हो । कम्पनीले गत वर्षको कमाइबाट शेयरधनीहरुलाई १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो सोहि शेयर नेप्सेमा सूचीकृत भएको हो ।
८. ङादी ग्रुप पावर कम्पनी लिमिटेड
ङादी ग्रुप पावर कम्पनी लिमिटेडको २० प्रतिशत बोनस बापतको ११ लाख ७८ हजार २ सय २१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
ङादी ग्रुप पावर कम्पनी लिमिटेडले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
त्यसैगरी कम्पनीले हकप्रद सेयर पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १ः२ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।
९. ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड
ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको ३.८ प्रतिशत बोनस बापतको एक लाख ९० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३.८० प्रतिशत बोनस सेयर र ०.२० नगद (कर प्रयोजनका लागि) गरि कुल ४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
प्रतिक्रिया