काठमाडौं, स्रोत नखुलेको १९ लाख चौरासी हजार रुपैयाँ सहित प्रहरीले पाँच जना पक्राउ लाई पक्राउ गरेको छ । गोल्डेन लिफ होटलबाट अवैध रुपमा राखेको नेपाली रुपैयाँ र विदेशी रकम बरामद भएको छ । केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाण्डौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नम्बर २३ स्थित गोल्डेन लिफ होटलमा अवैध रूपमा लुकाई राखेको १९ लाख चौरासी हजार रुपैयाँ, अमेरिकी डलर अमेरिकी डलर नौ सय र चाईनिज यूआन ६ सय रुपैयाँ बरामद गरेको हो ।
झापा, दमक नगरपालिका वडा नम्बर ६ स्थायी वतन भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहाचल बस्ने विकास मित्तल पनि पक्राउ परेका छन् । उनीहरु विरुद्ध मंसिर १ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
राजस्व अनुसन्धान विभाग,हरिहरभवनमा दाखिला भई अनुसन्धानमा झापा, दमक नगरपालिका वडा नम्बर ६ स्थायी वतन भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहाचल बस्ने विकास मित्तलसहित पाँच जना पक्राउ परेका छन् । झापा दमकका कमल वित्तल, पर्वत कुस्माका गणेश पौडेल र दाजुभाई इन्टरप्राइजेजका समुन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
प्रतिक्रिया