एनएमबि बैंकले साढे ३ करोडको ऋणपत्र निष्कासन गर्दै,धितोपत्र बोर्डबाट पायो स्वीकृति

४ बर्ष अगाडि

काठमाडौं, एनएमबि बैंकले रू ३ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । 

उक्त ऋणपत्र निष्कासन गर्नका लागि कम्पनीले शुक्रवार धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । अव स्वीकृति पाएसँगै कम्पनीले ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । 

कम्पनीले कुल ३५ लाख कित्ता ऋणपत्रमध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

 विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आगामी १५ वर्ष सम्मका लागि वार्षिक ४ प्रतिशत ब्याजदरमा एनएमबि इनर्जी बोण्ड नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया