काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर २९६ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ९७२ वटा स्वाब नमुनाको परीक्षण गर्दा २९६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेकोे छ ।
यो अवधिमा देशभरबाट ३६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या सात हजार ५३९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।
प्रतिक्रिया