नेप्सेमा ङादी ग्रुप र ग्रीन डेभलपमेन्ट बैंकको बोनस शेयर सूचिकृत, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज २ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार ङादी ग्रुप पावर कम्पनी लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । 

ङादी ग्रुप पावर कम्पनी लिमिटेड
ङादी ग्रुप पावर कम्पनी लिमिटेडको २० प्रतिशत बोनस बापतको ११ लाख ७८ हजार २ सय २१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

त्यसैगरी कम्पनीले हकप्रद सेयर पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १ः२ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । 

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड
ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको ३।८ प्रतिशत बोनस बापतको एक लाख ९० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई  ३.८० प्रतिशत बोनस सेयर र  ०.२० नगद (कर प्रयोजनका लागि) गरि कुल ४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया