अभिनेता पल शाह फेरी अर्का फिल्ममा अनुबन्ध

४ बर्ष अगाडि

काठमाडौं, अभिनेता पल शाह नयाँ फिल्ममा अनुबन्ध भएका छन् । लकडाउनमा दुई फिल्म ‘हुतुतु र सत्यम्’ साइन गरेका उनले बिहीवार करण सिंहले बनाउन लागेको फिल्ममा काम गर्ने सम्झौता गरेका हुन् । कथाको मागअनुसार नै फिल्ममा पललाई अनुबन्ध गरेको निर्माता सिंहले बताए । पलले पनि फिल्मको कथावस्तु र आफ्नो चरित्र मन परेकाले काम गर्न राजी भएको बताए ।
 
फिल्मको लागि नायिका र अन्य कलाकार तथा प्राविधिक टोलीको छनोट कार्य भइरहेको निर्माता सिंहको भनाई छ । आउँदो माघ अन्तिमबाट छायांकनमा निस्कने फिल्मको डिजिटल राइट्स डिआर मुभिजले महंगो रकम तिरेर खरिद गरेको छ । फिल्मको नाम केही दिनमा एक कार्यक्रमका बीच सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । फिल्म पूर्णतया लभस्टोरी कथामा आधारित हुनेछ ।
 
पल यही मंसिर दोस्रो साताबाट फिल्म ‘सत्यम्’ को छायांकनमा व्यस्त हुँदैछन् । यसपछि उनले फिल्म ‘हुतुतु’ लाई समय  दिएको जानकारी प्राप्त छ । यो फिल्मको छायांकन माघ अन्तिमबाट सुरु गर्ने तयारी निर्माता सन्तोष सेनको छ । करण सिंहको फिल्मलाई पलले ‘हुतुतु’ पछि समय दिन सक्नेछन् । उनी अभिनीत फिल्म ‘म यस्तो गाीत गाउँछु २’ माघ १९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया