२४ दिनपछि आन्दोलनरत न्यायाधीशहरू आजदेखि नियमित इजलासमा फर्किने

४ बर्ष अगाडि

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीशहरू शुक्रबारदेखि नियमित इजलासमा फर्किने भएका छन् ।

आन्दोलन थालेको २४ दिनपछि नियमित मुद्दा हेर्ने गरी उनीहरू इजलास फर्किने भएका हुन् । राणाको राजीनामाको मागमा अडिग रहेका भनिएका न्यायाधीशहरू सर्वोच्चमा गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने प्रक्रिया शुरु हुने भएपछि इजलास फर्किन तयार भएका हुन् ।

प्रधानन्यायाधीश राणा बाहेकका १८ जना न्यायाधीशको उपस्थितिमा बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले गोलाप्रथाबाट मुद्दाको पेसी तोक्नेसम्बन्धी नियमावली र निर्देशिका स्वीकृत गरेको थियो ।

गोलाप्रथा प्रणाली लागू गर्नेसम्बन्धी निर्णयमा प्रधानन्यायाधीश राणाले हस्ताक्षर गरी राजपत्रमा सूचना प्रकाशित हुने भएपछि उनीहरु नियमित सुनुवाइमा फर्किन लागेका हुन् ।

शुक्रबारदेखि बन्दी बाहेकका मुद्दामा पनि सुनुवाइ गर्ने सहमति सबै न्यायाधीशका बीचमा भएको छ । अब मुद्दा फिर्ता, संशोधन, मिलापत्र, तामेली जस्ता मुद्दाहरू सुनुवाइ हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया