४० हजारमाथि तलब सहित यूएईमा ३०० जना कामदारलाई रोजगारीको अवसर, हवाई टिकट पनि निशुल्क

४ बर्ष अगाडि

काठमाडौं, यूएईले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । दुबाई सहरका रहेको KAWADER INTERNATIONAL EMPLOYMENT SERVICES कम्पनीले ३०० जना पुरुष नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित ४० हजार माथि पाउनेछन् । इच्छुक कामदारले Prayas re employment consultant pvt.ltd काठमाडौंमा मंसिर ९ गते सम्म अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैँले तिर्नुेपर्नेछ ।

यस्तै, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया