सडक दुर्घटनामा दुइको मृत्यु

७ बर्ष अगाडि


याङ्गुन – म्यान्मारको दक्षिण क्षेत्रमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई महिला घाइते भएका गृह मन्त्रालयद्धारा मङ्गलबार प्रकाशित विज्ञप्तिमा जनाकारी दिइएको छ । सोमबार क्याउङ कोने नगर क्षेत्रमा सो दुर्घटना भएको थियो । 

पन्ध्र यात्रु सवार रहेका याङ्गुनबाट पाथेइनतर्फ गईरहेकोे बस छ पाङ्ग्रे एक सवारी साधनसँग ठोक्किदाँ सो दुर्घटना भएको जनाइएको छ । 

घाइते व्यक्तिहरुको क्याउङ कोने अस्पतालमा उपचारको लागि लगिएको बताइएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया