काठमाडौं – नेपाली बजारमा नयाँ ब्रान्डको ट्याक्टर ‘फर्मा’ सार्वजनिक भएको छ । युरोपियन प्रविधिमा आधारित भई भारतमा निर्मित यो ट्याक्टरलाई कृषि ग्रुप अन्तर्गतको यति टेक्निक फार्मले हिजो सार्वजनिक गरेको हो । ट्याक्टर ४० हर्स पावरदेखि ९० हर्स पावर क्षमतासम्म उपलब्ध रहने बताइएको छ ।
युरोपको रोमानियामा ७५ वर्षअघि स्थापना भएको उक्त ट्याक्टरलाई बीएस३ मापदण्डमा उत्पादन गरिएको छ । उक्त ट्याक्टर हाल देशका विभिन्न ६ सहरमा उपलब्ध हुने बताइएको छ ।
नेपालमा कृषि कार्यको साथै निर्माण र ढुवानीमा समेत ट्याक्टरको प्रयोग हुने गरेको पाइन्छ । भर्खरै ट्रयाक खुलेका ग्रामीण भेगका सडकमा समेत सहजै पुग्न सक्ने विशेषताका कारण पनि यस्ता साधनलाई ढुवानीमा बढी प्रयोग गर्ने गरेको पाइएको छ ।
प्रतिक्रिया