११ हजार १५१ जनाको परीक्षण्मा २९९ जनामा संक्रमण, ६ जनाको मृत्यु र निको हुने कति ?

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर २९९ जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार १५१ वटा स्वाब नमुनाको परीक्षण गर्दा २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेकोे छ ।

यो अवधिमा देशभरबाट २६० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या सात हजार ६४२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया