बिहीबार दोहोरो अंकले घट्यो नेप्से, कति भयो कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबार दिन (बिहीबार) शेयर बजार दोहोरो अंकले घटेको छ । 

आज नेप्से परिसूचक ३२.३९ अंकले घटेर २७६९.१३ विन्दुमा झरेको छ । नेप्से १.१६ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ४.२५ अंकले घटेर ५२१.१८ विन्दुमा झरेको छ । 

अन्तिम समयसम्म कारोबारमा आएका कूल २२४ वटा कम्पनीको ९८ लाख ६२ हजार ९ सय ४० कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २ सय ३० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ ।

बिहीबार पनि नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६० करोड ४४ लाख ५५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

बिहीबार  मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ४ सय ९५ रूपैयाँ ३० पैसा पुगेको छ । यस्तै, तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । 

आज मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ५.०३ प्रतिशतले घटेर प्रतिकित्ता ५ सय ४८ रूपैयाँमा झरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया