गरिमा विकास बैंकलाई १ अर्ब बराबरको ऋणपत्र जारी गर्ने धितोपत्र बोर्डको अनुमति

४ बर्ष अगाडि

काठमाडौं, गरिमा विकास बैंकले १ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

बैंकले १ हजार रुपैयाँ दरको १० लाख कित्ता ‘८.७५ प्रतिशत गरिमा विकास बैंक डिबेन्चर २०८५’ जारी गर्न लागेको हो । यसमध्ये ४ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् । बाँकी ६ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । 
 
गरिमाले १० लाख इकाई ऋणपत्र निष्कासनका लागि रेटिङ पनि सम्पन्न गरिसकेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले गरिमा विकास बैंकको ऋणपत्रलाई ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । साथै, यस संस्थामा मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया