दिल्लीमा घरेलु कामदारको रुपमा कार्यरत दुई नेपालीभाषी महिलाको हत्या

४ बर्ष अगाडि

काठमाडौं - भारतको राजधानी दिल्लीमा घरेलु कामदारको रुपमा कार्यरत दुई नेपालीभाषी महिलाको हत्या भएको छ ।

सोमबार हत्या गरिएका महिलामा मिरिककी ३५ वर्षीया मिना राई र दार्जिलिङको मगरजोङकी ४० वर्षीया सुजला गुरुङ छन् । दिल्लीस्थित निजामुद्दिन थाना अन्तर्गत के ब्लक जङ्गिपुरा एक्सटेन्सनको एक घरमा उनीहरुको शव फेला परेको हो । 

उनीहरु त्यही घरमा कार्यरत थिए । उनीहरुको मुखमा टेप लगाइएको र हात–खुट्टा बाँधिएका कारण उनीहरुको हत्या भएको प्रहरीको दाबी छ ।भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार दिल्लीको जङ्गिपुरामा कार्यरत दुई महिलाको अज्ञात व्यक्तिहरूले हत्या गरेको हो । 

प्रहरीले जाँचका क्रममा ४५ सेकेन्डको सीसीटिभी फुटेज फेला पारेको छ । जसमा महिलाको शव भेटिएको घर बाहिर पाँच मास्कधारी उभिएको देखिन्छ । घटनाको अनुसन्धानका क्रममा प्रहरीले सुजला गुरूङको फोन रेकर्ड फेला पारेको छ । मिना राईको मोबाइल भने गायब छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया