अमेरिकी सहायक विदेशमन्त्री लु र प्रधानमन्त्री देउवाविच आज एमसीसीबारे छलफल हुने

४ बर्ष अगाडि

काठमाडौं - नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछन् । अपरान्ह उनले प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग भेटवर्ता गर्न लागेका हुन् ।
 
भेटमा नेपालमा अमेरिकी सहयोग, विवादमा रहेको एमसीसी परियोजना लगायतका विषयमा कुराकानी हुने बताइएको छ । दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने लु तीन दिने भ्रमणका क्रममा बुधबार साँझ काठमाडौं आएका हुन् ।

उनले शुक्रबार परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग भेट गर्ने कार्यक्रम छ । उनले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्ने अमेरिकी दूतावासले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया