काठमाडौं, अपर स्याङ्गे हाईड्रोपावरले आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानियबासी तथा सर्वसाधारणको लागि ८ लाख ७० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ ।
सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७८ मंसिर १ गते बुधबार सम्पन्न भएको छ । सम्झौतामा अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष बिर बहादुर घले तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली हस्ताक्षर गरेका छन् ।
कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गा.पा.वडा नं. ४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । कम्पनीको भौतिक कार्य अन्तिम चरणमा रहेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा आवेदन दिने तयारीमा रहेको कम्पनीका कार्यकारी अध्यक्ष बिर बहादुर घलेले जानकारी गराए ।
प्रतिक्रिया