४१२ जना कोरोना संक्रमित थपिदा २०२ संक्रमणमुक्त, मृत्यु कति ?

४ बर्ष अगाडि

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ४१२ जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार ९९३ वटा स्वाब नमुनाको परीक्षण गर्दा ४१२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण एकजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेकोे छ ।

यो अवधिमा देशभरबाट २०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या सात हजार ६३६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया