वैदेशिक रोजगार कार्यालयमा श्रममन्त्रीको आकास्मिक अनुगमन

४ बर्ष अगाडि

काठमाडौं - श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय पुगेर अनुगमन गरेका छन् ।

जनमानसमा यस कार्यालयबाट हुने विभिन्‍न सेवा प्रवाहहरू प्रभावकारी नभएको भन्दै जनगुनासो बढेपछि मन्त्री श्रेष्ठ बुधबार आकास्मिक रूपमा अनुगमनका  लागि कार्यालमै पुगेका हुन् ।

अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले यस कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन साथै सेवाग्राहीलाई सास्ती नदिन कर्मचारीलाई निर्देशन दिए ।

त्यस्तै उनले कुनै नीतिगत समस्या वा कानुनी अल्झन परेमा त्यसको समाधानका लागि मन्त्रालयल सधैँ तत्पर रहेको समेत उनले बताए । कार्यालयमा हुने गरेको टोकन सिष्टमको समस्या तुरुन्तै हल गर्न पनि उनले निर्देशन दिए ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया