काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) पनि शेयर बजार हरियाली कायमै रहेको छ ।
आज नेप्से परिसूचक १६.९५ अंकले बढेर २८०१.५२ विन्दुमा पुगेको छ । नेप्से ०.६१ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ३.९८ अंकले बढेर ५२५.४४ विन्दुमा पुगेको छ ।
कारोबारमा आएका कूल २२४ वटा कम्पनीको एक करोड १९ लाख ४३ हजार ८ सय ५८ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८ सय २० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहको शेयर घटेको छ भने बाँकी ७ वटा उपसमूहको शेयर बढेको छ ।
बुधबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५८ करोड ६८ लाख ६२ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अपर तामाकोशी र पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ८८ रुपैयाँ ४० पैसा पुगेको छ । अपर तामाकोशीको शेयरमूल्य १० प्रतिशतले बढेर ७ सय ५ रुपैयाँ ४० पैसा पुगेको छ । यस्तै, तेह्रथुम पावर कम्पनी लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य पनि बुधबार ९.९८ प्रतिशतले बढेको छ ।
आज बोटलर्स नेपाल तराईको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ७.४७ प्रतिशतले घटेर १३ हजार एक रूपैयाँमा झरेको छ ।
प्रतिक्रिया