शून्य लागतमा घरेलु कामदारलाई जोडानमा मा रोजगारी, ५० जना महिला कामदारको माग

४ बर्ष अगाडि

काठमाडौं,  जोडानको एक कम्पनीले ५० जना नेपाली महिला कामदारको माग गरेको छ ।  जोडानको अमान सहरमा रहेको AJWAA EST   कम्पनीले गरी ५० जना नेपाली  महिला कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित ३५ हजार पाउने छन् ।  इच्छुक कामदारले युरो क्रस इण्टरनेशनल प्रालिको कार्यालय एयरपोर्ट काठमाडौंमा मंसिर ७ गते अन्तरवार्ता दिनु पर्ने छ । भाषा तथा घरायसी काम सम्बन्धी एक महिने तालिम अनिवार्य लिनु पर्नेछ । खाना, बस्न सहित तालिम निशुल्क हुनेछ 

यस्तै, स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क,विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया