७ कम्पनी कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा, कुनको शेयरमुल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ७ कम्पनी कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ । 

आज पञ्चकन्या माई हाइड्रोपावर र अपर तामाकोशीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । पञ्चकन्या माईको शेयरमुल्य रु.३८८.४० र अपर तामाकोशीको शेयरमुल्य रु.७०५.४० पुगेको छ ।

यस्तै,तेह्रथुम पावर र मानुषी लघुवित्तको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको छ । तेह्रथुम पावरको प्रतिकित्ताको मुल्य रु.५८४.७० पुगेको छ भने मानुषी लघुवित्तको शेयरमुल्य रु. १ हजार ३५९.४० रहेको छ । 

यसैगरी, नेपाल बङ्गलादेशको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य ३९४.४० पुगेको छ । 

मैलुङ खोला शेयरमुल्य ९.५१ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.५७७ पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया