एजेन्सी - कट्रिना कैफको विवाहको विषयमा जताततै चर्चा छ । अभिनेता विक्की कौशलसँग कट्रिनाको विवाह हाल बलिउडको टक अफ द टाउन बनेको छ । यद्यपि, यी दुईले आफ्नो विवाहबारे कुनै आधिकारिक बयान दिएका छैनन् ।
उनै कट्रिनाले पोल्याण्ड, बेल्जियम, हवाईमा केही समय बिताएकी छिन् । त्यसपछि उनी लण्डन गइन् । लण्डनमा तीन वर्ष बसेपछि उनी भारत फर्किइन् । भारतमा उनले कामको प्रस्ताव पाउन थालेपछि उनी भारतमै सरिन् । त्यसपछि उनले कहिल्यै फर्केर हेर्नु परेको छैन ।
कट्रिनाले भारत आएपछि आफ्नो थर फेरिन् । उनले आफ्नी आमाको थरमा ‘कट्रिना टर्कोट’ राखेकी थिइन् । भारत आएपछि उनले आफ्ना पिताको थर कट्रिना कैफ राखिन् । बुवाको थर राख्नुमा मानिसहरुलाई टर्कोटको साटो कैफ भन्न सहज होस् भनेर परिवर्तन गरेको बताइन् ।
सन् २००३ मा बलिउड डेब्यू गरेपछि कट्रिना भारतमै बसिन् । उनी भारत गएको १८ वर्ष पुगिसकेको छ । उनले आफ्नो छुट्टै नाम स्थापित गर्न सफल भएकी छिन् ।
प्रतिक्रिया