८ सय ४३ सवारी कार्वाहीबाट ४ लाख ८६ हजार बढि राजस्व संकलन

४ बर्ष अगाडि

काठमाडौं - दार्चुला जिल्लामा सवारी कार्वाहीबाट चालु आर्थिक वर्षको हालसम्म ४ लाख बढि राजस्व संकलन गरिएको छ । जिल्लाभरि रहेका ३ वटा ट्राफिक प्रहरी पोष्टहरुबाट सवारी कार्वाही बापत उक्त राजस्व संकलन गरिएको हो ।

चालु आर्थिक वर्षको साउन महिनामा १ लाख १० हजार ५ सय राजस्व संकलन गरिएको छ । जसमा २३ वटा ट्रक कार्वाहीबाट १४ हजार, ५ वटा बस कर्वाहीबाट २ हजार ५ सय , ५८ जीप कार्वाहीबाट ५१ हजार, २१ वटा ट्याक्टर कार्वाहीबाट १४ हजार ५ सय, ३५ वटा मोटरसाइकल कार्वाहीबाट १९ हजार र १९ वटा अन्य सवारी कार्वाहीबाट ९ हजार ५ सय गरि एक लाख १० हजार ५ सय रुपैया राजस्व संकलन भएको छ ।

त्यस्तै भदौमा १४ वटा ट्रक कार्वाहीबाट ८ हजार, ३ वटा बस कार्वाहीबाट २ हजार, १ सय ३६ जीप कार्वाहीबाट ७४ हजार ५ सय, १५ वटा ट्याक्टर कार्वाहीबाट ९ हजार, ३१ वटा मोटरसाइकलबाट २० हजार र १९ अन्य सवारी कार्वाहीबाट १० हजार गरि एक लाख २३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
 
त्यसैगरी असोज महिनामा ३२ वटा ट्रक कार्वाहीबाट २२ हजार, १ बस बार्वाहीबाट ५ सय, १ सय ३४ जीप कार्वाहीबाट ७२ हजार ५ सय, १२ वटा ट्याक्टर कार्वाहीबाट ९ हजार, ३८ वटा मोटरसाइकल कार्वाहीबाट २३ हजार ५ सय र १३ वटा अन्य सवारी कार्वाहीबाट ७ हजार ५ सय गरि जम्मा एक लाख ३५ हजार रुपैया राजस्व संकलन भएको छ।

कातिक महिनामा १९ वटा ट्रक कार्वाहीबाट १२ हजार, ६ वटा बस कार्वाहीबाट ४ हजार ५ सय, १ सय ५ वटा जीप कार्वाहीबाट ६२ हजार ५ सय, २३ वटा ट्याक्टर कार्वाहीबाट १५ हजार, २९ वटा मोटरसाइकल कार्वाहीबाट १६ हजार ५ सय र १२ वटा अन्य सवारी कार्वाहीबाट ७ हजार गरि कार्तिक महिनामा १ लाख १७ हजार ५ सय रुपैया राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय दार्चुलाले जनाएको छ । 

यसरी जिल्लाभरी ८ सय ४३ सवारी कार्वाहीबाट ४ लाख ८६ हजार ५ सय रुपैंया राजस्व संकलन भएको छ । 

 
 

४ बर्ष अगाडि

प्रतिक्रिया