काठमाडौं, साताको चौथो कारोबारको दिन (मंगलबार) शेयर बजार हरियाली छाएको छ । बजार खुलेको १ घण्टामै नेप्से परिसूचक ३९.२० अंकले बढेको छ ।
१२ बजेसम्म नेप्से सूचक ३९.२० अंकले बढेर २८२३.७८ अंकको बिन्दुमा पुगेको छ । सो अवधीसम्म कारोबारमा आएका २०६ कम्पनी मध्ये १५० कम्पनीको शेयरमुल्य बढेको छ भने ३३ कम्पनीको शेयरमुल्य घटेको छ । २ कम्पनीको शेयरमुल्य स्थिर छ ।
एक घण्टाको अवधीमा नेप्सेमा ३१ लाख ३१ हजार ३८१ कित्ता शेयर २० हजार ७०४ पटकको कारोबारमा १ अर्ब ९४ करोड २ लाख बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया