आजदेखि ई-पासपोर्ट जारी

४ बर्ष अगाडि

काठमाडौं - राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारबाट विद्युतीय राहदानी ९ई–पासपोर्ट० जारी गर्ने भएको छ । काठमाडौको त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने राहदानी विभागले जनाएको हो ।

बुधबार दिउँसो एक समारोहकाबीच परराष्ट्रमन्त्री नारायण खड्काले ई–पासपोर्ट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । विद्युतीय राहदानीको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप रहेको पनि विभागले जनाएको छ ।

साधारण, कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन् ।

 
 

४ बर्ष अगाडि

प्रतिक्रिया