काठमाडौं - आउँदो मंसिर ८ गते ८३ जना नेपाली कामदार दक्षिण कोरिया उड्ने भएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गत इपीएस कोरिया शाखाले मंगलबार जनाए अनुसार ८३ जनामध्ये ४ जना महिला रहेका छन् ।
उता कोरिया पीडित संघर्ष समितिको एक टोलीले लामो समयसम्म दक्षिण कोरिया जान नपाएका नेपाली कामदारले पाइरहेको समस्याबारे ध्यानाकर्षण गरेको छ ।
संघर्ष समितिले कोरियाले नेपाली कामदारको कोटा थप गर्नुपर्ने, इपीएस प्रणालीलाई व्यवस्थित र विश्वासिलो बनाउने, विश्वासिलो प्रक्रिया पूरा गरेका सबै श्रमिकलाई सुरक्षित तरिकाले गन्तव्यमा चाँडै लैजानुपर्ने लगायतका सुझावहरु दिएको छ ।
इपीएस संघर्ष समितिका अध्यक्ष अजय सोडारीको नेतृत्वमा गएको टोलीले भैसेपाटीस्थित युबिटि भवनको उद्घाटन र हस्तान्तरण, श्रमिकको चापलाई मध्यनजर गरेर उडान संख्या बढाउने लगायतको माग गरे ।
प्रतिक्रिया