सुपरदोर्दीलाई मर्जर गर्ने प्रस्ताव पारित गर्न पिपुल्स हाइड्रोपावरले बोलायो साधारण सभा, आईपिओ जारी गर्ने

४ बर्ष अगाडि

काठमाडौं - पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण शेयर (आईपिओ) जारीगर्ने विषेशेष प्रस्ताव सहित साधारण सभा बोलाएको छ ।

कम्पनीले मंसिर २३ गते क्वालिटी बैङ्क्वेट बुद्धनगर काठमाडौंमा बिहान ११ः३० बजे साधारण सभा बोलाएको हो । उक्त सर्वसाधारण शेयर जारीबाट प्राप्त् रकमको उभयोग गर्ने सम्बन्धी प्रस्ताव अनुमोदन गर्ने छ ।

त्यसैगरी पिपुल्स हाइड्रोपावर, सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीलाई मर्जर गर्ने प्रस्ताव पारित गर्ने र उक्त मर्जर सम्बन्धी प्रकृयामा नियमनकारी निकायबाट कुनै फेर बदल गर्न संशोधन गर्न निर्देशन भएमा कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया