अहिले नै म उपाध्यक्षमा जान सक्ने ठाउँ छैन : योगेश भट्टराई

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमाले सचिव योगेश भट्टराईले उपाध्यक्ष पदमा आफूले दाबी गर्ने बेला नभएको र त्योभन्दा तलको पदमा आफूभन्दा 'नियर'हरू रहेकाले सचिवमै आफ्नो दाबी स्वाभाविक हुने बताएका छन् ।

एमालेको विधानअनुसार अध्यक्ष, वरिष्ठ नेता र एक वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव पदाधिकारी रहन्छन् ।

'अहिले नै म उपाध्यक्षमा जान सक्ने ठाउँ छैन । त्योभन्दा तलका ठाउँमा कतिपय सिनियर साथीहरू पनि हुनुहुन्छ । त्यो सबै कुरा ख्याल गर्दै देशभरिका प्रतिनिधि साथीहरूको पनि राय लिएर म एक-दुई दिनभित्र उचित निर्णय गर्छु' एमाले सचिव भट्टराईले भने ।

'सचिवमै मैले प्रतिस्पर्धा गर्ने सम्भावना प्रबल छ । एक कार्यकाल म सचिव भएँ, विधानअनुसार फेरि एक कार्यकाल सचिव हुन मिल्छ । अर्को महाधिवेशनमा त्योभन्दा माथि जान आवश्यक तयारी गर्ने हो कि भन्ने कतिपय साथीहरूको मलाई सुझाव छ ।'

पार्टीका समकालीन नेतामध्ये सबभन्दा वरिष्ठ र पार्टीको अध्यक्षसमेत भएकाले केपी ओलीलाई फेरि पनि अध्यक्षको रूपमा हेरिएको उनको भनाइ छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया