काठमाडौं - नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्पेमा २०७८ असोजसम्ममा कुल ४१ अर्ब ६० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् भने ६ अर्ब २ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८र७९ को तेस्रो महिनासम्ममा ३३ अर्ब ३ करोड बराबरको डिबेन्चर, ३ अर्ब ५६ करोड बराबरको साधारण शेयर, २ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड, १ अर्ब २८ करोड बराबरको बोनस शेयर र १ अर्ब २३ करोड बराबरको हकप्रद शेयर गरी कुल ४१ अर्ब ६० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३ अर्ब बराबरको म्युचुअल फण्ड, १ अर्ब ५८ करोड बराबरको साधारण शेयर, १ अर्ब २० करोड बराबरको डिबेन्चर र २४ करोड बराबरको हकप्रद शेयर गरी कुल ६ अर्ब २ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
वि।सं २०७८ असोज मसान्तसम्ममा सूचीकृत ५ अर्ब ९१ करोड शेयरको चुक्ता मूल्य ५ खर्ब ८१ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया